दाङ, १६ भदौ ।
दाङ-सल्यान सडकमा साना सवारी सुचारु भएका छन् ।
राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-३ चोरखोला नजिकै टिप्पर सडकमै भासिदा दुई घण्टादेखि अवरुद्ध सडकमा पौने २ बजेतिरबाट साना सावारी संचालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
बिहिबार बिहान करिब ११ बजेतिर दाङबाट रोल्पा जाँदै गरेको रा १ क १३६८ नम्बर टिप्पर विपरित दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा सडक छेउमा भास्सिएपछि अहिले पनि निकाल्ने काम भइरहेको छ ।
डोजरले टिप्परलाई रोकिराखेर तान्ने काम अहिले पनि जारी रहेको डिएसपी मल्लले जानकारी दिनुभयो । ठुला सवारी साधन संचालनमा आउन केहि समय लाग्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार