२०८० फाल्गुन १५ गते मङ्गलवार

रोल्पामा एक दम्पतिको विभत्स हत्या


रोल्पा, १६ भदौ ।
रोल्पामा एक दम्पतिको विभत्स हत्या भएको छ । माडी गाउँपालिका- ३ तालावाङमा खुकुरीले काटेर हत्या गरिएको अवस्थामा दम्पतिको शब फेला परेको प्रहरीले जनाएको छ ।

रोल्पा परिवर्तन गाउँपालिका-२, कम्बाङ घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उहाँकी श्रीमती करिब ३७ वर्षीया पार्वती मृत अवस्थामा भेटिएको रोल्पा प्रहरी प्रवक्ता प्रकाश भुषालले बताउनुभयो । महिलाको माइती बाहिर जिल्ला हो वा कुन ठाउँमा हो बाँकी अनुसन्धानले देखाउने उहाँले बताउनुभयो ।

काठमाडौं इँटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आई तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका उनीहरूको हत्या भएको हो । हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएसँगै घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोलीले घटनास्थलको अवलोकन गरेको छ ।

वडाध्यक्ष बलबहादुर बुढाले घटना मंगलबार राति भएको हुन सक्ने बताउनुभयो । दम्पतीकै बीभत्स हत्या भएपछि यतिवेला तालावाङ गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस