२०८१ फाल्गुन १ गते बिहिवार

बर्षातले तुलसीपुरका दुई घरमा क्षति

तुलसीपुर, १४ भदौ ।
सोमबार परेको बर्षाका कारण तुलसीपुरका २ घरमा क्षति भएको छ । बर्षातका कारण तुलसीपुर ६ राजापुरका कमल दसौदी र साबित्रा दसौदीको घरमा क्षति पुगेको वडा नम्बर ६ का वडा अध्यक्ष वर्षात भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर भत्किएको भएपनि कुनै मानवीय क्षति भएपनि घरभित्र रहेका अन्नपात लगाएतगरि करिब १ लाख रुपैया बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाको जेसिबीले भत्कीएको घरबाट पुरिएका सरसामानहरु निकालेको उहाँले बताउनुभयो । भत्कीएको घर नजिकै दशौदी परिवारको अर्को पक्की घरपनि रहेकाले र सबै सोही घरमा रहेकाले पनि मानविय क्षति नभएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस