२०८० फाल्गुन २१ गते सोमवार

दाङमा बसको ठक्करबाट सल्यानका एक वृद्धाको मृत्यु


दाङ, ११ भदौ ।
तुलसीपुरमा बसको ठक्करबाट गम्भिर घाइते एक वृद्धको निधन भएको छ । तुलसीपुरको बिरेन्द्र चोकमा शुक्रबार बेलुका सवा ६ बजेतिर रुकुमबाट आएको बसले ठक्कर दिँदा गम्भिर घाइते भएका सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ का ८४ वर्षीय भिम बहादुर भण्डारीको निधन भएको हो ।

वृद्धाको नेपालगञ्जमा नर्सिङ होममा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

वृद्धालाई रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नम्बरको यात्रु बहाक बसले ठक्कर दिएको हो । सोही बसबाटै ओर्लेका वृद्धालाई शुक्रबार बेलुका तुलसीपुरको बीरेन्द्र चोकमा बसले ठक्कर दिएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस