२०८१ जेष्ठ ५ गते शनिवार

पहिरोले दाङ-सल्यान सडक अवरुद्ध

दाङ, १० भदौ ।

गएराती देखि परेको अविरल वर्षातका कारण साततालेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । पहिरोका कारण बिहानैदेखि सवारी साधन रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखत बहादुर शाहीले जानकारी दिनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

यस्तै तुलसीपुर घोराही सडकखण्डमा पनि साना सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । स्थानीय हापुरखोल लगायतका खहरे खोलाहरुमा बाढी आएका कारण बिहानैदेखि नै मोटरसाइकल, स्कुटी, जिप, कार सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस