२०८१ माघ ९ गते बुधवार

ड्याममा डुबेका चौधरीको खोजि गर्न गोताखोरको टोलि परिचालन


तुलसीपुर, ६ भदौ ।
दाङमा सोमबार (आज) ड्याममा डुबेका एक युवक अझै फेला पर्न सकेका छैनन् । सोमबार बिहान ११ बजेतिर कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेका घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी अझै फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लले जानकारी दिनुभयो ।

वेपत्ता चौधरीलाई खोजिका लागि जिल्ला बाहिरबाट गोताखोरको टोली आइपुगेको छ । ड्याममा हिलो बढी भएका कारण समस्या भएको प्रमुख काफ्लेले बताउनुभयो । ड्याममा डुबेको स्थानियले थाहा पाएपछि दिउँसो १२ बजेदेखि नै वेपत्ता भएका चौधरीको खोजीकार्य भैरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस