
गढवा, २८ साउन ।
कोईलाबास पूर्ण भरण बाँध निर्माण योजनाको काम अघि बढाउन सर्बेक्षण गरिएको छ ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा गढवागाउँपालिकाको २०७७÷०७८ मा सञ्चालन भएको तर पुरा हुन नसकेको कोईलाबास पूर्ण भरण बाँध निर्माण योजना चालु आर्थिक वर्षमा निरन्तरता पाएको छ ।

बिहिबार गढवा गाउँपालिकाकाका इन्जिनियर शेषमणी पौडेल लगायतकाको टोलीले पुनः सर्बेक्षण गरेको छ । सर्बेक्षणमा गढवा गाउँपालिका वडा नम्बर – ८ का वडाध्यक्ष खालिक सिद्दिकी तथा स्थानीयहरुको उपस्थितिमा सर्बेक्षण गरिएको हो ।
पहिले सर्बेक्षण गरी काम भएको थियो तर काम सम्पन्न नभए पछी पुनः नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र गढवा गाउँपालिकाको संयुक्त टोली द्वारा पुनः सर्बेक्षण गरिएको छ ।

कार्यक्रम निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन को काम सकिए लगत्तै कामसुरु गरिने गढवा गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले जानकारी दिनुभयो ।