सल्यान, २६ साउन ।
सल्यानको कपुरकोट-निगालपानी सडकमा टिप्पर संचालनमा आएका छन् । कपुरकोट गाउँपालिकासंग भएको ८ बुँदे सहमतिपछि दुई महिनापछि टिप्पर संचालनमा आएका हुन् ।
सिमेन्ट उद्योगका टिप्परका कारण सडक जीणर् बनेपछि सडक मर्मत माग राखेर गत जेठ १८ देखि टिप्पर संचालनमा रोक लगाइएको थियो । सडक मर्मतको काम करिब ८० प्रतिशत सकिएकोले विभिन्न आठ बुदे सहमति टिप्पर संचालन गर्न दिने कपुरकोट गाउँपालिकाले बुधबार निणर्य गरेको हो ।
कपुरकोट-कोइला सडकखण्डमा हालको अवस्था नघट्ने गरी उद्योगीहरुले बाह्रै महिना नियमित मर्मत सम्भार गर्ने सहमति भएको छ । यस्तै सडकबाट प्रभावित नागरिकहरुलाई केही हदसम्म राहत दिनका लागि सिमेन्ट उद्योगी र गाउँपालिकाबाट खर्च व्यवस्थापन हुने गरी सामाजिक उत्तरदायीत्वका लागि २५ लाख रुपैयाँको साझेदारी कोष स्थापना गर्ने पनि सहमति भएको छ ।
प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार