
तुलसीपुर, २५ साउन ।
तुलसीपुर नगरस्तरिय युवा संजालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार तुलसीपुरमा साइबर अपराध सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
संजालले करिब २ सय जना युवालाई साइबर अपराधको जोखिम न्युनिकरणका विषयमा अभिमुखिकरण गरेको हो । ‘अन्तर पुस्ताको एक्यवद्धता सवै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख स्यानी चौधरीले साइबर अपराधका घटना बढ्दै गएकाले युवापुस्ता सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले इन्टरनेटको प्रयोगले मानिसलाई सहजता बनाएपनि कतिपय कुराले प्रविधिले असहजता बनाउने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर-६ का वडा अध्यक्ष वर्षात भणडारी सामाजिक संजालको गलत प्रयोग नै साइबर अपराध भएको बताउनुभयो । इलाका प्रहरी कार्यालयका असई रमेश बिसीले बढ्दो साइबर अपराध न्युनिकरणमा युवा सचेत बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मण बिस्वकर्मा, शिक्षा युवा खेल्कुद महाशाखा अधिकृत मान बहादुर खड्का, सेन्टर माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार हेमराज डागी लगायत नगर युवाहरु सहभागीता रहेको थियो ।
संजालका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा नगरउपप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण संजालका सचिव प्रेरणा परियारले गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरको शिक्षा युवा खेल्कुद महाशाखा ,महिला बालबालिका तथा सामाजिक शाखा ,ग्रीन फाउन्डेसन नेपाल , जिल्ला युवा समिती , दिदिघर, रानी केक लगायतको सहकार्यमा कार्यक्रम गरिएको हो ।