दाङ, १६ साउन ।
पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन सुरु गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जारी गरेको विज्ञप्तिमा आजदेखि हवाइ इन्धनको ढुवानी रोक्ने उल्लेख छ । २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि जनाइएको छ ।
२१ गतेदेखि सम्पूणर् ट्याङ्करबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् । हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको भनाइ छ ।
यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्क उपलब्ध गराउने समेत महासङ्घद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार