२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुरमा आजदेखि ईन्टर कलेज स्तरिय भलिबल प्रतियोगिता हुने

तुलसीपुर, १० साउन ।
तुलसीपुरमा आजदेखि ईन्टर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगिताको औपचारिक शुभारम्भ बिहान ११ बजे गरिने कार्यक्रम तय भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा अमर माबी उरहरी तुलसिपुर ११ र अरनिको माबी नुवागाउ रोल्पा भिड्नेछन् ।

पाँच दिन सम्म चल्ने प्रतियोगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष खत्रीले बताउनुभयो । अध्यक्ष खत्रीका अनुसार प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ ।

जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैबीच प्रतियोगिताको सम्पुणर् तयारी पूरा भएको जनाएको आयोजकले मंगलबार बिहान हुने उद्घाटन समारोहमा उपस्थितिको लागि खेलप्रेमी,खेलाडी,बुद्धिजीवी,समाजसेवी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस