२०८१ असार ३० गते आइतवार

सर्पको टोकाईबाट दाङका एक जनाको मृत्यु


दाङ, २९ असार ।
दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सर्पको टोकाईबाट राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको हो ।

कुमाललाई मंगलबार आफ्नै बारीमा गएको समयमा सर्पले डसेको थियो । तर कुन सर्पले डसेको भन्ने खुलेको छैन् । त्यसैगरी सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर घाइते हुनुभएको छ ।

मगरलाई मंगलबार दिउँसो ३ बजे बाटोमा हिड्ने क्रममा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस