तुलसीपुर, ५ असाेज । दाङको तुलसीपुरस्थित मसल ग्यारेज जिम क्लब नेपालगञ्जमा सम्पन्न प्रथम मेयर कप राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिपमा दोस्रो उत्कृष्ट टिम बन्न सफल भएको छ।
देशभरबाट सहभागी १४२ जना खेलाडीबीच भएको प्रतियोगितामा मसल ग्यारेज जिम क्लबले ३ स्वर्ण र १ कांस्य पदक जित्दै रु. १ लाख २३ हजार पुरस्कार प्राप्त गरेको हो।
क्लबले महिला विधातर्फ राष्ट्रिय च्याम्पियन ट्रफीसमेत आफ्नो नाममा पार्न सफल भएको छ। यस उपलब्धिले तुलसीपुरसँगै समग्र दाङको खेल क्षेत्रमा थप गौरव थपेको छ।
क्लबको उत्कृष्ट प्रदर्शनप्रति खेलप्रेमी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार


