२०८३ असार ७ गते आइतवार

वनस्पति दिवसको अवसरमा सल्यानमा कविता प्रतियोगिता

सल्यान, २९ चैत । वनस्पति अनुसन्धान केन्द्र सल्यानको आयोजनामा वनस्पति दिवसको अवसर पारेर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

वनस्पति र वातावरणको महत्त्वलाई विद्यार्थीमाझ उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका छात्रछात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट कविता वाचन गर्दै कालिका मावि कपुरकोटका स्नेह खड्का प्रथम हुनुभएको छ । त्यसैगरी ब्लु डाइमन्ड बोर्डिङ स्कुलकी एलिना खड्का द्वितीय र जीवन ज्योति मावि रिमका प्रेम खड्का तृतीय हुनुभएको छ । विजयी विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।

सोही अवसरमा जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत कपुरकोट–६ जलवाङका दल बहादुर बुढालाई विशेष सम्मान गरिएको छ । यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरू राम बहादुर वली र डम्बर सेनलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

वनस्पति अनुसन्धान केन्द्रका डा. मित्रलाल पाठकको अध्यक्षता एवं कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, डा. घनश्याम भण्डारी, अदुवा बालीका प्रमुख, वडा नं. ३ का अध्यक्ष प्रदीप खड्का, घनश्याम शर्मा, खड्ग केसी, प्रेम कुमार आचार्य, कपुरकोट गाउँपालिकाका योजना अधिकृत नेत्रनारायण भण्डारी लगायत वन तथा वातावरण प्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

वनस्पति अनुसन्धान केन्द्रका लेखापाल शम्सेर रेउलेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन पत्रकार महासंघ कर्णाली प्रदेश परिषद् सदस्य जित प्रसाद आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस