
रोल्पा, २९ पुस । रोल्पामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका–५ गर्मीका ३३ वर्षिय संगिता कुमारी थापाको आज बिहान ९ बजेतिर भिरबाट लडेर मृत्यु भएको हो ।
थपाको सोहि वडाकै प्रतिकुञ्जेरी सामुदायिक बनमा खर काट्ने क्रममा भिर १ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक थापाका श्रीमान भीमराज थापा रोजगारीको शिलशिलामा विदेशमा रहनुभएको छ । आमाको मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार