२०८२ जेष्ठ ५ गते सोमवार

दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन सल्यानको सिडियोमा

दाङ,२२ पुस । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको सरुवा भएको छ । सल्यानको प्रमुख जिल्ला अधिकारीमा पुनको सरुवा भएपछि सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौँलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा भएको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् । यस्तै गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई मिश्रको ठाउँमा कैलालीको प्रजिअ बनाई पठाइएको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीमा पदस्थतापन गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई र झापाका प्रजिअ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रजिअ गोपाल कुमार अधिकारीलाई झापा र काठमाडौँका प्रजिअ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी गृह मन्त्रालयमा सहसचिव ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअ बनाई पठाइएको छ

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस