
आज २०८१ साल कात्तिक ७ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २३ तारिख। कात्तिक कृष्ण पक्षको पष्ठी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि — आफ्नै क्षमतामा महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। कसैबाट कुनै गिफ्ट वा अलंकार प्राप्त होला। शुभ कर्ममा सहभागी भएला। धार्मिक वा सामाजिक कार्यमा मन जानेछ। आदर्श व्यक्तिसँग सहकार्य हुनेछ।
वृष राशि — शुभ समाचार सुन्न पाइएला। आटेको कार्य सफल हुनेछन्। आत्मविश्वास बढ्नेछ। शैक्षिक सफलता मिल्नेछ। पारिवारिक प्रेममा सुमधुरता छाउला।
मिथुन राशि — प्रेम सम्बन्ध बलियो होला। भाग्य बलियो रहला। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहला।
कर्कट राशि — यात्राको लागि आज खासै सुखद् समय छैन। झमेलामा पर्न सकिनेछ। हात लागेका अवसरहरू पनि फुत्कन सक्नेछन्। नजिकका आफन्तबाटै विश्वासघातमा पर्न सकिएला। स्वास्थ्य मध्यम रहला।
सिंह राशि — पराक्रम बढ्नेछ। अध्यात्ममा मन जाला। सामाजिक कार्यप्रति प्रेरित बन्ने समय रहेको छ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ। अध्ययनमा मन लाग्ला। आर्थिक सुधार हुनेछ। प्रेम प्रसंग सुमधुर हुनेछ।
कन्या राशि — आकस्मिक धन लाभ होला। सामाजिक कार्यमा मन जानेछ। मान-सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमीप्रेमिका बीच सुमधुर सम्बन्ध रहला। शत्रु पराजित हुनेछन्। नाम, प्रतिष्ठा एवं कीर्ति बढ्नेछ।
तुला राशि — राज्यबाट प्राप्त हुने सम्मान अरू कसैले हात पार्न सक्छ। कुनै दुखद समाचारले मन खिन्न हुनेछ। सामाजिक कार्यमा भने मन जाला। तपाईंको कर्मको भने चर्चा चल्नेछ। आर्थिक पक्ष मध्यम हुनेछ।
वृश्चिक राशि — आज भाग्यले साथ दिनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ। शैक्षणिक सफलता पनि मिल्नेछ। स्वास्थ्यमा सुधार भए पनि लापरवाही नगर्नु होला, ख्याल राख्नु होला।
धनु राशि — अधुरा कार्यहरू पूर्ण हुनेछन्। धर्मकर्ममा मन जाला। आत्मविश्वास उच्च रहनेछ। नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। सामाजिक कार्यमा रुचि बढ्ला। पारिवारिक सन्तुलन कायम रहला। नयाँ कार्यका योजनाहरू बन्लान्।
मकर राशि — सामाजिक कार्यमा मन जानेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।
कुम्भ राशि — नयाँ ज्ञान सिक्न पाइएला। तपाईंले गरेको कर्मको चर्चा चल्नेछ। मन प्रसन्न होला। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। मित्र मिलन होला। भाग्यले साथ दिनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्नेछ।
मीन राशि — आज मन खिन्न हुनेछ। झिना-मसिना कार्यमा अल्झनु पर्नेछ। महत्वपूर्ण कार्य सम्पादनमा समस्या वा बाधा आउला। पारिवारिक सद्भावमा भने मिठास आउला। आत्मबल भने उच्च हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं: 9848060799