आज २०८१ साल भदौ ३१ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख। भाद्र शुल्क पक्षको त्रयोदशी तिथि। विश्व ओजन तह बचाऊ दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – आत्मविश्वास बढ्नेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। सृजनात्मक कार्यमा ध्यान दिए राम्रै होला। कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला।
वृष राशि – स्वास्थ्यमा ख्याल राख्नु पर्ला। कार्य क्षेत्रमा चुनौती थपिन सक्छ। धैर्यताले कार्यमा सहजता प्राप्त होला। व्यक्तिगत जीवनमा गोपनीयता राख्न आवश्यक छ। अनावश्यक विवादबाट टाढा रहँदा शुभ होला। आर्थिक पक्ष भने मध्यम छ।
मिथुन राशि – सृजनात्मक कार्यमा रुचि बढ्ला। व्यक्तिगत जीवनमा ध्यान दिनु पर्ला। अनावश्यक विवादमा परिएला। स्वास्थ्य समस्या बढेर आउला। साझेदारीमा काम गर्नु उपयुक्त नहोला।
कर्क राशि – स्वास्थ्यमा ध्यान दिनु पर्ला। आज सन्तान र प्रेम सम्बन्धमा ख्याल राख्नुहोला। कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला। विवादबाट बच्नुहोला।
सिंह राशि – आर्थिक क्षेत्रमा सुधार होला। आत्मविश्वास बढ्नेछ। धर्मकर्ममा मन जानेछ। अधुरा कार्य पुन: सुचारु होलान्। रचनात्मक कार्यमा सहभागी भइएला।
कन्या राशि – अनावश्यक खर्च बढ्ला। स्वास्थ्यमा ख्याल राख्नुहोला। अनावश्यक विवादबाट बच्नुहोला। व्यवसायमा भने सोचेअनुरुप सफलता मिल्ने छैन। राजनीतिक सफलता भने प्राप्त होला।
तुला राशि – सृजनात्मक कार्यमा रुचि बढ्ला। अध्ययनमा राम्रो प्रगति होला। पारिवारिक सन्तुलन कायम हुनेछ। सृजनात्मक कार्यमा सफलता मिल्ला।
वृश्चिक राशि – स्वास्थ्यमा ध्यान दिनु पर्ला। कार्य क्षेत्रमा चुनौती बढ्ला। धार्मिक यात्रा होला। मित्रको सहयोग प्राप्त होला।
धनु राशि – खर्च बढ्ला। व्यक्तिगत जीवनमा गोपनीयता राख्न नसक्दा दुःख पाइएला। विद्या र ज्ञानले परिपूर्ण भइएला। पारिवारिक सन्तुलन कायम होला। आर्थिक क्षति भने सहनु पर्नेछ।
मकर राशि – धैर्यता एवं लगनशीलताले कार्य सहजै सम्पादन होलान्। दिन प्रेमिल होला। शिक्षा क्षेत्र शुभ रहेको छ। आत्मविश्वास बढ्ला। अनावश्यक विवादमा परिएला।
कुम्भ राशि – स्वास्थ्यमा ख्याल राख्नुहोला। अनावश्यक विवादबाट बच्नुहोला। कार्य क्षेत्रमा भने उन्नति होला।
मीन राशि – स्वास्थ्य विग्रन सक्छ, ख्याल राख्नुहोला। विवादमा पर्नाले मनमा खिन्नता छाउला। खर्च बढ्ला। आर्थिक सुधार भने हुनेछ। ध्यान योगलाई जोड दिएर दिन शुभ बनाउन उत्तम होला।
आजको लागि वास्तु टिप्स:
प्रवेश द्वार वा गेटमा रंग छान्दा कालो रंग नलगाउँदा उत्तम हुन्छ। क्रिमी रंगलगायत अन्य धेरै रंग मुख्य गेटमा शुभ हुन्छ। मुख्य ढोका सामान्य हिसाबले पूर्व वा उत्तरतर्फ शुभ मानिन्छ। तर घरमुलीको राशि र दिशा अनुसार पनि फरक फरक राशिलाई पश्चिम, दक्षिण पनि शुभ नै हुन्छ। तर सम्भव भएसम्म ईशान, आग्नेय, नैऋत्य, वायव्य कुनालाई नै छोएर गेट राख्नु राम्रो होइन। अलिकति कुनालाई छोडेर गेट राख्दा उत्तम हुन्छ।
झ्यालहरू पूर्व र उत्तरतर्फ धेरै र ठूला राख्ने, दक्षिण र पश्चिमतर्फ कम र सानो राख्दा शुभ हुन्छ।
ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799