२०८१ बैशाख २० गते बिहिवार

बढ्यो पेट्रोलको मूल्य

दाङ, १९ चैत । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको हो । नयाँ मूल्य सोमबार बिहान एक बजेबाट लागू भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।

आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ । भने डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर पठाएको छ । तर निगम ग्यासमा घाटा भएकाले ग्यासको भाउ यथावत राखेको जनाएको छ । डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस