२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुर कारागारमा तीन महिने कटाइ सिलाई तालिम

दाङ, १० माघ । तुलसीपुरमा सञ्चालित तीन महिने कटाइ सिलाई तालिमको समापन गरिएको छ। तुलसीपुर कारागारका महिला कैदीबन्दीलाई लक्षित गरेर आयोजना भएको कटाइ सिलाई तालिमको आज(बिहिबार) समापन गरिएको हो।

तुलसीपुर कारागार निमित्त प्रशासक रमा केसीको अध्यक्षता तथा नेपाल बन्दी सेवा संघका केन्द्रीय अध्यक्ष जय देउलाको प्रमुख आतिथ्यतामा कटाइ सिलाई तालिमको समापन गरिएको छ। समापन अवसरमा बोल्दै प्रमुख अतिथि संघका अध्यक्ष देउलाले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो। महिला कैदीबन्दीलाई आर्थिक दृष्टिले सक्षम बनाउने उद्देश्यले कटाइ सिलाई तालिम प्रदान गरिएको पिडित सेवा संघ दाङका संयोजक टोप बहादुर महताराले जानकारी दिनुभयो।

उहाँका अनुसार, कटाइ सिलाई तालिम दमारगाउँ चर्चको आयोजनामा, नेपाल बन्दी सेवा संघ काठमाडौँको आर्थिक तथा प्राविधिक सहयोगमा दिइएको हो। २० जना महिला कैदीबन्दीहरूको सहभागिता रहेको तालिमको प्रशिक्षकमा गीता महतारा र चौकीदार रुक्सना खातुन रहनुभएको थियो।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस