
दाङ, १५ पुस ।
दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पिटलमा नयाँ प्रविधिको प्रयोग गर्दै RIRS विधीको माध्यमबाट साना बालबालिकाको मृगौलामा परेको पत्थरीको सफल अपरेसन गरिदै आइरहेको छ ।
हस्पिटलका वरिष्ठ सर्जन डा. रमेश बस्नेतका अनुसार, यो प्रविधि पत्थरीको उपचार गर्नको लागि अत्यन्त प्रभावकारी र सुरक्षित साबित भएको छ ।
यसै क्रममा सल्यान जिल्लाको बागचौर गाउँपालिका ६ ठुलाहिमका सिता डाँगी वलीका ९ वर्षिय छोरा अमृत वलीले आमालाई पिसाव फेर्ने ठाउँ लिंगमा अत्याधिक दुखाई भएको बताए । आमा सिता डाँगी वलीले हामीलाई प्रतिक्रिया दिदै भन्नुभयो,-‘ छोराले आफुलाई समस्या सुनाएपछि पहिलो चरणमा बागचौरको स्थानिय पोलिक्लिनिकमा लगेको थिए । त्यहाँबाट मृगौला सुुनिएको छ भनेर तुलसीपुर लैजान सुझाव दिनु भयो । त्यसपछि तुलसीपुरको हस्पिटलबाट नेपालगञ्ज कि घोराही लैजानु भनेपछि हामी घोराहीको बुद्धमा आएका हौ । अहिले छोराको उपचार सफल हुदा खुशी लागेको छ।,
आमा सिता डाँगी वली र बुवा ठाकुरप्रसाद वलीका ९ वर्षिय छोरा अमृत वलीको मृगौलामा तीव्र पीडा र पिसाबमा समस्या देखिएपछि परिवारले यसरी अस्पतालमा उपचारका लागि ल्याएका थिए । परीक्षण पश्चात, चिकित्सकले मृगौलामा पत्थरी भएको पुष्टि गरे र त्यसको अप्रेसनका लागि लागि लेजर विधिबाट गर्न उपयुक्त हुने बताउनु भयो ।
हस्पिटलका वरिष्ट सर्जन डा. रमेश बस्नेतले उक्त विधिबाट शल्यक्रिया गर्दा चिरफार बिना नै पत्थरीलाई सफलतापूर्वक निकाल्न सकिने बताउनु भयो । यस विधीमा विना कुनै चिरफार मृगौलामा रहेको पत्थरीलाई निकाल्ने प्रक्रिया अपनाइन्छ, जसले रोगीको रिकभरी समयलाई कम गर्छ ।
मृगौलामा परेको पत्थरीको अप्रेशन गर्ने तिन विधिहरु अपनाउदै आएको र पुरानो विधि भनेको चिरेर गर्ने (Open)विधि हो त्यससैगरी प्वाल बनायर गरिने (PCNL) हो भने नयाँ र सहज विधि लेजर (RIRS) विधि नै भएको उहाँको भनाई छ । यो विधिद्धारा प्वाल नबनाएर नचिरेर सफल अप्रेसन गर्दैै आएको उहाँले जानकारी दिनुभयो । ६,७ वर्ष उमेरदेखी माथिका बालबालिकालाई यस हस्पिटलमा यस विधिबाट अपरेसन गर्दै आइरहेको सर्जन डा. बस्नेतको भनाई छ ।
विरामी छोराका साथमा आफ्नो मामा र जेठाजुलाई साथमा लिएर उपचारका लागि दाङ आउनु भएकी सल्यानको बागचौर ६ ठुलाहिमका सिता डाँगी वली आफानो सन्तानको सफल उपचार पाएपछि पिडा भुलाउदै घर फर्किसक्नुभएको छ ।
यसरी अप्रेसन गर्दा अन्य शल्यक्रियाको तुलनामा कुनै ठूलो चीरफार गर्नु पर्दैन, जसले गर्दा रोगीलाई कम पीडा र छिटो रिकभरी प्राप्त हुन्छ। चीरफार कम हुने कारणले शरीरमा ठूलो घाउ हुँदैन, जसले गर्दा रोगीको रिकभरी समय छोटो हुन्छ। अस्पतालमा बस्ने समय पनि घट्छ, र रोगी छिटो घर फर्किन सक्छ ।