२०८१ फाल्गुन ६ गते मङ्गलवार

एमाले तुलसीपुर-७ को नयाँ कमिटी चयन


दाङ, २५ मंसिर । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्षमा खेमराज विश्वकर्मा चयन हुनुभएको छ । वडाको आज भएको दोस्रो अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

वडा कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल शर्मा, सचिवमा तीलमाया विक, उपसचिवमा देवराज भण्डारी र छमा भण्डारी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा पदम बहादुर खड्का, हरिप्रसाद पोखरेल, लोकप्रसाद भण्डारी, गेमलाल न्यौपाने,चम्पा राना, नेत्रमणी प्रसाद पोखरेल, ठाकुर प्रसाद भुषाल, खगेश्वर भण्डारी, विशाल भुषाल र सावित्री कुमारी बिक चयन हुनु भएको छ ।

वडा कमिटी अध्यक्ष खगेश्वर पराजुलीको अध्यक्षता तथा केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यता एवं प्रदेश कमिटी उपसचिव पूणर् बुढाको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस