
आज २०८१ साल मंसिर १० गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर २५ तारिख। दशमी तिथि। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेको आजको फलादेश :
मेष राशि – कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। सोचेजस्तै काम बन्नाले मन प्रसन्न रहला। दिन रमाइलोसँग बित्नेछ। पारिवारिक जमघट हुनेछ। अधुरा कामहरू सुचारु हुनेछन्। कुनै पनि निर्णय गर्दा ख्याल राख्नुहोला।
वृष राशि – आजको दिन मध्यम फलदायी रहनेछ। नजिकका व्यक्तिबाट धोका प्राप्त हुन सक्छ। व्यवसायमा सोचेजस्तो सफलता नपाइने सम्भावना छ। काम गर्दा विशेष ध्यान दिनुपर्नेछ। पढाइमा मन जाने छैन। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। खर्च बढ्न सक्छ। पतिपत्नीबीच सुमधुर सम्बन्ध रहनेछ।
मिथुन राशि – स्वास्थ्य अनुकूल रहनेछ। जीवनसाथीको सहयोगले सहजता प्राप्त हुनेछ। कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। कारोबारमा सहजता बन्नाले मन हर्षित हुनेछ। मनका विकारहरू हट्नेछन्। पुराना मित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ।
कर्कट राशि – कार्यक्षेत्रबाट सञ्चित धन प्राप्त हुनेछ। आर्थिक कारोबार मजबुत बन्नेछ। सोचेजस्तै काम अघि बढ्नाले मन हर्षित हुनेछ। व्यवसायमा नयाँ कामहरू हात लाग्नेछन्। साथीभाइको पूर्ण सहयोग मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ।
सिंह राशि – इच्छाएका कामहरू सिद्ध हुनेछन्। प्रेमसम्बन्धमा सुमधुरता छाउनेछ। धार्मिक काममा रुचि बढ्न सक्छ। धैर्यताले काम गर्दा शुभफल प्राप्त हुनेछ। लापरवाह वाणीले दुःख दिन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कन्या राशि – स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ। यात्रामा सामान चोरी हुने वा हराउने सम्भावना छ। एकपछि अर्को जिम्मेवारी थपिन सक्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वाणीमा मिठास बढ्नेछ। आफू अनुकूल समय रहनाले काम गर्न सहजता हुनेछ। प्रेमसम्बन्धमा मिठास छाउनेछ।
तुला राशि – कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त हुनेछ। साथीभाइको सहयोगले काम गर्न सहजता हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। आत्तिएर कुनै निर्णय नगर्नुहोला। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ। तपाईंको कार्यकुशलताको प्रशंसा हुनेछ। योजनाहरू पूरा हुनाले मन प्रसन्न हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ।
वृश्चिक राशि – पारिवारिक रमाइलो जमघट हुनेछ। व्यवसायमा लगानी थप्न उपयुक्त समय हुनेछ। कार्यक्षेत्रमा सम्मान मिल्नेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। मान-प्रतिष्ठा बढ्नेछ। बोल्दा विचार गर्नुपर्नेछ। जीवनसाथीको साथ मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। पिताको स्वास्थ्यप्रति सजग रहनुपर्नेछ।
धनु राशि – बौद्धिक स्तर बढ्नेछ। सेवामूलक कार्यबाट लाभ प्राप्त हुनेछ। समाजमा मान-प्रतिष्ठा मिल्नेछ। कार्यक्षेत्रमा योजना बमोजिम काम हुँदा मन खुसी हुनेछ। दिन रमाइलोसँग बित्नेछ। सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ। स्वास्थ्यमा ख्याल राख्नुहोला।
मकर राशि – रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। व्यवसायमा सकारात्मकता आउनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। धार्मिक तथा सामाजिक काममा मन जानेछ। दैनिक काममा प्रगति हुनेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ, ध्यान दिनुहोला। स्वास्थ्यमा ख्याल राख्नुहोला।
कुम्भ राशि – राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। शुभ समाचारले मन प्रसन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पुराना योजनाहरू सफल हुनेछन्। साझेदारीमा गरिएका कामले सफलता दिलाउनेछ। चाहेका कामहरू तीव्र रूपमा अघि बढ्नेछन्। न्यायिक काममा सफलता मिल्नेछ।
मीन राशि – व्यवसायिक सफलता मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक वृद्धि हुनेछ। जोश-जाँगर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा सहभागिता जनाइनेछ। सोचेजस्तै काम बन्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्य सुधारोन्मुख हुनेछ। उत्तरार्धमा धन खर्च हुनेछ। गाडी मोटर चलाउँदा ख्याल राख्नुहोला।
ज्योतिषाचार्य तथा वास्तुविद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, के-लाइन, जेसिज चोक, दाङ
फोन नं. – 9848060799