२०८१ फाल्गुन १ गते बिहिवार

रेडियो प्रकृति : १४ औं वार्षिकोत्सव तथा भवन शिलान्यास


तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरबाट प्रशारण हुने रेडियो प्रकृति आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ । रेडियोले १४ औं वार्षिकोत्सवको अवसरमा आज आफ्नो भवनको शिलान्यास गरेको छ । रेडियोले १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुर-९ दोघरेमा अब बन्ने नयाँ भवनको शिलान्यास गरिएको स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले रेडियोले पर्यावरण तथा वातावरणको क्षेत्रमा सूचना प्रवाह गर्नमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भवन निर्माणका लागि सहयोग गर्न सम्पूणर् व्यवसायीहरुलाई पनि आग्रह गर्नु भएको छ ।

यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक (डिआइजी) कुबेर कडायतले प्रकृति संरक्षण, वनवातावरण, स्थानिय कला, संस्कृति, विकास निर्माणका सवालमा सुचना प्रवाह गर्नुका साथै पछिल्लो समय समाजमा मौलाउँदै गएको विकृति तथा नकारात्मक सोचलाई बदल्ने सवाल उठाउनुपर्ने बताउनुभयो ।

प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले संचार माध्यम र पत्रकारहरुलाई जीवित राख्नका लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ । रेडियो संचालक समितिका अध्यक्ष नारायण खनालको अध्ययक्षतामा कार्यक्रम भएको हो । रेडियोका उपाध्यक्ष राम प्रसाद चालिसेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकोे सहजीकरण सदस्य संगीत बस्यालले गर्नुभएको हो ॥

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस