
आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर ८ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि। नवरात्रमा आज स्कन्दमाता देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – आज बोल्दा ख्याल गर्नु होला। शत्रु विजय हुनेछन्। यात्रामा कष्ट रहला। आफन्तको सहयोग पाईने छैन। खर्च अनावश्यक होला। अध्ययनमा मन जाने छैन। फलामजन्य वस्तुबाट सजग रहनुहोला।
वृष राशि – समयको सदुपयोग हुनेछ। निर्णयात्मक क्षमता बढ्नेछ। वैदेशिक कार्य सफल हुनेछन्। व्यवसायिक उन्नति होला। शैक्षिक उन्नति होला। मिष्ठान्न भोजन प्राप्त होला।
मिथुन राशि – साथीभाइको सहयोगले कार्य सम्पादनमा सहजता होला। तपाईंको लगनशीलताको प्रशंसा हुनेछ। तपाईंको साहस, बौद्धिकता तथा रचनात्मकतामा वृद्धि होला। मनमा हर्ष छाउला।
कर्कट राशि – मिष्ठान्न भोजन प्राप्त होला। सुखद् यात्रा होला। अरूको मन जित्न सक्ने समय छ। मित्र सहयोगले कार्य सम्पादनमा सहयोग होला। योजनाहरू गोप्य राख्नु शुभ रहला। शत्रुमाथि विजय प्राप्त होला।
सिंह राशि – चोटपटक लाग्न सक्छ, सचेत रहनु होला। वाहनादि बाट यात्रा गर्दा विशेष ख्याल गर्नु होला। आफूले गरेको निर्णय आफैँलाई भारी पर्ला। आज केही चुनौतीको सामना गर्नु पर्नेछ।
कन्या राशि – आशा मारिएका कार्यमा सफलता पाइएला। मन प्रसन्न रहला। दाम्पत्य सुख प्राप्त होला। तपाईंको प्रशंसा हुनेछ। यात्रामा सफलता मिल्ला।
तुला राशि – सामाजिक कार्यमा मन जाला। शैक्षिक क्षेत्र सफल होलान्। रोकिएका कार्य पुन: सुचारु होलान्। व्यवसायिक सफलता मिल्ला। लेनदेनको लागि आज दिन शुभ रहेको छ।
वृश्चिक राशि – नयाँ-नयाँ ज्ञान हासिल गर्न सकिने दिन रहेको छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। आफ्नो प्रभुत्व जमाउन सकिने छ। सन्तान पक्षबाट सुख प्राप्त होला। अधुरा कार्यहरू पुन: सुचारु होलान्।
धनु राशि – स्वास्थ्य सुधार भई कार्यमा पुन: अगाडि बढ्ने समय छ। खर्च भने बढ्ला, अलिक विचार पुर्याउनु होला। मिष्ठान्न भोजन प्राप्त होला। उन्नति प्रगतिको समय रहेको छ। ऋण एवं शत्रु पराजय होलान्।
मकर राशि – स्वास्थ्य केही असजिलो होला, धन भने खर्च होला। प्रतिस्पर्धामा सफल भइएला। रोकिएका कार्य पुन: सुचारु होलान्। सामाजिक एवं धार्मिक कार्यमा मन जाला।
कुम्भ राशि – नयाँ-नयाँ व्यक्तिसँगको भेटघाटले महत्वपूर्ण कार्य पूर्ण हुनेछ। अवसरहरू प्रसस्तै प्राप्त होलान्। यात्रामा आनन्द लिने दिन रहेको छ। नयाँ व्यवसायमा लगानी गर्दा पनि फाइदा हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला।
मीन राशि – राजनीतिक तथा वैदेशिक कार्यमा सफलता मिल्ला। विपरीत लिंगको सहयोगले कार्यमा सहजता होला। सुखद् खबर सुन्न पाइएला। विपरीत लिङ्गको सहयोगले मन हर्षित होला। यात्रामा एवं स्वास्थ्यमा भने ख्याल राख्नुहोला।
वास्तु टिप्स :-
हामीले आफूले बिच्छाउने तन्ना (बेड कभर ) ले गर्दा पनि पारिवारीक सुख कम हुन सक्छ । यसैले कस्त रङ विच्छाउदा के हुन्छ हेरौ है ।
-श्रीमान् श्रीमति विच झगडा भै रहन्छ भने सेतो कलरको तन्ना लगाउनु पर्छ ।प्रेम वढ्छ ।
-बच्चाको मन पढाईमा जादैन भने हल्का पहेंलो रङको तन्ना बिच्छाउने ।
-सन्तान सुख प्राप्त गर्नको लागि गलावि रङको बिच्छाउदा राम्रो हुन्छ ।
- कालो वा निलो रङको तन्ना लगाउँदा अशान्ति एवं अनिद्रा बढ्छ ।
ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९