दाङ, २१ असोज । बडा दसैँको पाँचौँ दिन आज पनि विभिन्न शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । दसैँको पाँचौँ दिन भए पनि आज आश्विन शुक्ल चौतुर्थी तिथि परेकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग निणर्ायक समिति जनाएको छ ।
समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताउनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँको भनाइ छ ।
नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने भएकाले भोलि मात्रै गर्नुपर्ने उहाँको भनाइ छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेलाबेलामा यस्तो हुने गरेको छ ।