
माया, यसलाई न हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । यो फिक्का दुनियाँमा मायाको आभासले गर्दा यो संसार मंगमगाई रहेका छन् ।माया शब्द नभएको भए सायद यो संसार फिक्का हुन्थ्यो होला ।माया जिवन जिउने आधार हो, प्रेम जिन्दगी बिताउने चौतारी हो ।माया र प्रेमको बारेमा सोध्यौँ भने सबैले आ—आफ्नै तरिकाले ब्याख्या र परिभाषा दिने गर्छन् ।
विभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ—आफ्नो तरिकाले दिएका छन् ।जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मानिसहरूले भने जस्तै माया निस्वार्थ छ भनौ भने मायामा स्वार्थ पनि भेटेको छु । प्रेममा छलकपट हुँदैन भनौ भने छलकपट गर्नेको लामै लाइन पनि नदेखेको होइन।
यहि मायामा हजारौँ मानिसले आफ्नो भबिष्य बर्बाद गरेका छन् ।हजारौँले सुखद जिन्दगी जिएका पनि छन् । मायामा असफलता पछि हजारौँले नशाको शाहारा लिन बाध्य पनि छन् ।कोही मानसिक सन्तुलन गुमाउन बिबश पनि छन् यो संसारमा ।यो माया भन्ने चिज नै यस्तै छ। मायालाई जसले जसरी परिभाषित गरेपनि ,जस्तो उत्तर दिन खोजेपनि चोखो माया, मायामै परिणत हुन्छ ।
कतिपय सम्बन्धहरु प्रेमी अथवा प्रेमिकाले चाहे जति समय दिन नसकेर छुट्ने गर्दछ। सुरु सुरुमा दिन रात केहि नभनी बोल्ने गर्छन।अनि समय बित्दै जादा कहिले काही अरु बेला जस्तो समय दिन सकिएन भने मायामा संख्या गर्न थाल्छन।
मायामा विस्वास निकै जरुरि छ।एक जनाको मात्र संघर्षले माया कहिले बलियो हुदैन ।यदि माया छ भने जति सुकै आफु व्यस्त भए पनि दिन भरीमा सानो समय भए पनि आफ्नो प्रेमी वा प्रेमिकालाइ निकाल्न सकिन्छ। प्रेमले मान्छेलाई ईष्यालु बनाइदिन्छ । त्यसैले त, तपाईको पार्टनरले अरुसित कुरा गर्दा तपाईं सहन गर्न सक्नुहुन्न र मनमा ईष्याको भावना पैदा हुन्छ ।
सम्बन्धहरु लाई प्रगाढ बनाउने कसी नै प्रेम जस्तो लाग्दछ मलाई । जहाँ प्रेम छ त्यहाँ विश्वास छ अनि सम्बन्धमा मिठासपन पनि छ । प्रेम बिना त जीवन निरश र उदासिन जस्तै लाग्छ भोगाइमा । यथार्थमा प्रेम त्यो हो जसको साथमा संसार जित्ने आँट गर्न सकिन्छ । म भित्रको तिमी र तिमीभित्रको म अनि हाम्रो विश्वास नै प्रेम हो भन्ने जसलाई लाग्छ ऊ पनि प्रेमिल संसारमा नै हराएको आभाष गर्छ ।
माया ले नै कति को जीवन एकदमै राम्रो बनाई दिएको छ । तर कति को जिन्दगी नै बर्बाद पारी दिएको छ । यतिसम्म कि उनीहरु ले आत्महत्यासम्म गरेका छन् । बिचराहरु माया पाएपछि संसार नै जितेको ठान्छन । तर फेरि यसवाट धोका खाए पछी संसार वाटै हारेको महसुस गर्छन, अनि आफ्नो जिन्दगी नै बर्बाद पर्छन । उनीहरु आफ्नो जिन्दगी त बर्बाद पर्छन, तर परिवारमा पनि धेरै नि चिन्ता पारी दिन्छन ।
माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वभाव हो । त्यो स्वभाव पनि सबैमा हुन्छ तर घृणा हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ । माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, शन्तानलाई गरिने माया इत्यादि ।
माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । दुईदिन मिठो वोलेर कसैको जीवन माथि खेलवाड गर्नु भनेको एकदमै पाप हो । माया भनेको पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो। जसरी भगवान श्री कृष्णले हिन्दु धर्मका कथाहरूमा राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे । तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै आफ्नो बनाउन सकेनन् । भगवान शिवकै कुरा र्गयौ भनेपनि शतिदेवीले शिवको लागि आफ्नो देह त्याग गरिन् ।
शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन् । त्यसपछि भगवान शिव आफ्नी पत्नी शति देविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ ।
प्रेमको बलि चढेको दिनलाई सम्झेर प्रेमजोडी हरूले आफ्नो माया उजागर गर्नका लागि अहिले खुलमखुला माया दर्शाउन थालेका छन् । आजकाल जुन हिसाबले मायामा विकृति बढेको छ । कसैलाई मीठा कुरा भन्दैमा, गुलाफको फूल दिँदैमा हुदैन माया ? माया भनेको आफुले चाहेर कहिले पनि हुदैन र पाउनु मात्र होइन माया गुमाउनु पनि माया हो ।
वास्तवमा भन्ने हो भने कोहि मानिस यस्ता पनि हुन्छन आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन । तर कोही मानिस भने आफ्नो प्रेम नपाएर आफुखुसी मर्न तयार हुन्छन भने त्यो चोखो प्रेम होईन र त्यो केवल स्वार्थपन र अकास्मात आएको निर्णय मात्र हो तर चोखो प्रेम गर्नेहरूले हरेक कुरा स्विकार गर्न सक्नुपर्दछ ।
तसर्थ माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाचिरहेका हुन्छन् ।
भनिन्छ, जाने अमृत हो नजाने विष हो त्यसैले माया गर्नूपर्छ तर क्षणिक होइन समय विताउने माध्यम होइन माया त यस्तो होस न जहाँ युगौयुग बाचिरहोस समय परिवर्तन भए पनि माया परिवर्तन नहोस र माया गर्ने मायालु जोडिहरु नछुटिहुन यदि छुटिएर टाढा गए पनि माया नमरोस प्रगाढ होस अमर होस दुई अक्षरको माया …….