२०८१ फाल्गुन ७ गते बुधवार

धान रोप्ने क्रममा चट्याङ लागेर दुई महिलाको मृत्यु

बाँके, २६ असार । खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।

राप्तीसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका जनाएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय सम्झना विक र ३२ वर्षीय वसन्ती उपाध्याय रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ३० वर्षीय सलिना विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उहाँको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस