दाङ, २५ असार । तुलसीपुर उपमहानगरपालिकाले आज सार्वजनिक सुनुवाई गर्न लागेको छ । उपमहानगरपालिकाले चालु वर्षमा गरेका कामको सार्वजनिक गर्ने र नगरलाई समृद्ध बनाउन नागरिकका सुझाव र प्रतिक्रिया लिन सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
बिहान ११ बजे नगरपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको सुचना अधिकृत बावुराम न्यौपानेले बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीताका लागि सम्पूणर् नागरिक सरोकारवाललाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।
नगरले सार्वजनिक सुनुवाई गर्न यसअघि नागरिक मतको सर्वेक्षण गरेको छ । सर्वेक्षणको क्रममा नागरिकले नगरले सरसफाईमा जोड दिनुपर्ने, विकास निर्माणका काम गुणस्तरिय हुनुपर्ने, विपन्न वर्ग लक्षित कार्यक्रम सम्बन्धित वर्गले पाउनुपर्ने सुझाव दिएका छन् ।
प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार