दाङ, २२ असार । ठाउँ-ठाउँमा पहिरो झरेपछि दाङ-सल्यान सडक अवरुद्ध भएको छ । सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झरेको छ भने कपुरकोट-५ को अरिगांले फेदि नजिकै पनि पहिरो जाँदा सवारी साधन रोकिएका छन् ।
पहिरोका कारण साना ठुला सवारी साधन रोकिएको सल्यानका प्रहरीका प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिनुभयो ।
वर्षा जारी रहेको तथा माथिबाट लेदोमाटो खस्ने क्रम नरोकिएको हुँदा पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । पहिरो खसेका कारण गाडी रोकिएपछि बिच बाटोमा अलपत्र परेको यात्रु रोमहर्ष रोकाले बताउनुभयो । ‘बुटवलका लागि हिडेको थिएँ ।’ उहाँले भन्नुभयो-‘पहिरोका कारण सवारी साधन रोकिएपछि हामी बिच बाटोमै रोकिएका छौँ ।’
प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार