२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा १०१ मिलिमिटरभन्दा बढी वर्षा : खतराको अवस्था पार

दाङ, २१ असार । दाङमा अत्याधिक वर्षा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार बिहिबार (हिजो) देखि शुक्रबार (आज) बिहानसम्म १०१ मिलिमिटर वर्षा भएको छ । जुन खतराको अवस्था मनिन्छ ।

प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार दाङमा सबैभन्दा बढी कोइलाबास क्षेत्रमा वर्षा भएको छ । कोइलाबासमा १०१.८ मिलिमिटर पानी परेको छ । यस्तै देउखुरीको बगासोतीमा ६८.८ मिलिमिटर, लालमटीयामा ६४.८ मिलिमिटर, गंगदिमा ५५.० मिलिमिटर, लमही ३६.६ मिलिमिटर, शुक्रबारेमा ३०.६ मिलिमिटर, घोराहीमा २२.४ मिलिमिटर, अम्बापुर २१.४ मिलिमिटर र राटामाटा बंगलाचुलीमा ०.२ मिलिमिटर वर्षा भएको छ ।

वर्षा अत्याधिक भएपछि दाङका प्रमुख नदि राप्ती र बबई नदि अनि सहायक खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ । वर्षाका कारण बाढी र पहिरोको जोखिम बढी भएकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनुभयो ।

वर्षा अहिले पनि निरन्तर भइरहेको छ । वर्षातपछि किसानलाई राहत भएको छ तर बाढी पहिरोको जोखिम भएको छ । निरन्तको वर्षातका कारण पातुखोला, ग्वारखोला, सेवारखोलामा पनि पानीको सतह बढेको छ ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस