२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किए

दाङ,३ असार । तुलसीपुरमा ट्याक्टरकाे ठक्करबाट एक जना घाइते भएका छन् । आईतवार साझ पाैने ९ बजेतिर तुलसीपुरबाट घोराहितर्फ जाँदै गरेको रा७प ७९२१ नम्बरकाे मोटरसाइकल र बिपरीत दिशाबाट आइरहेको रा१त ३०३८ नम्बरकाे ट्याक्टर तुलसीपुर-६ हात्तीखाैवामा एक आपसमा ठाेक्किदा माेटरसाइकल चालक घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा रुकुम पश्चीमकाे त्रीबेणी गाँउपालिका- २ का ४० वर्षका लोक बहादुर बुढाथोकि रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे । घाइते बुढाथाेकीकाे बाया खुटा भाचियको छ भने बाँया हातमा पनि चोट रहेकाे छ ।उहाँकाे उपचार भैरहेकाे र अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

ट्याक्टरसहित ट्याक्टरका चालक तुलसिपुर-७ का जुजमान चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस