२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किदा भगवानको मृत्यु

दाङ, २० जेठ । दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किदा एक जनाको मृत्युु भएको छ । शनिबार साँझ आएको हावाहुरीसहितको वर्षाले घर भत्किदा तुलसीपर उपमहानगरपालिका वडा नम्बर १२ रझेनीका ७० बर्षीय कुलबहादुर भनेर चिनिने भगवान केसीको मृत्यु भएको हो ।

केसी परिवार २०६३ सालदेखी उक्त घरमा निःशुल्क रुपमा बसेको स्थानीय शान्तराज गौतमले जानकारी दिनुभयो । छोराछोरी कामको शिलशिलामा बाहिर छन् भने हावाहुरी लागेको समयमा श्रीमतिले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जस्ताले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनी श्रीमतिसहित थिए तर, श्रीमति भने भत्कनु अघि नै भाग्न सफल भएकाले सकुसल रहेकी छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस