
दाङ,२० जेठ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ३२ वर्षका खेतुलाल नेपालीको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी ३८ वर्षिय मोटर साईकल चालक चेतबहादुर डाँगी घाईते भएको बंगलाचुली गाउँपालिका ४ का वडाध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।
घाईते डाँगीलाई ईलाका प्रहरी कार्यालय कमिरेचौरको टोलिले उद्धार गरी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । नेपालीको शवलाई पोस्टमार्टमका लागि सोही प्रतिष्ठानमा पठाईएको छ ।
बंगलाचुली गाउँपालिकाको मैवालेकमा आज बिहान साढे ९ बजेतिर रा ३ प ५७९१ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो । साँगुरो र अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार