२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा अटो र मोटरसाईकल ठोक्किए, दुई युवकको मृत्यु


दाङ, १८ जेठ । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा गम्भिर घाईते भएका दुई जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका-४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाईलकमा पछाडि सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो ।

बिहीबार दिउसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको हो ।

तुलसीपुर-२ कुमलगडी स्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परि अटो चालक शान्तिनगर-७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते हुनुभएको छ । उहाँको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस