२०८१ जेष्ठ ९ गते बुधवार

दुई मोटरसाइकल ठोक्किएर भेरी नदिमा खस्दा एक जनाको मृत्यु

दाङ, २९ बैशाख । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्ड अन्तगर्त सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर –३ मा भएको दुर्घटनामा रुकुम पश्चिमको चौरजहारीका वर्ष ३० का भुवन केसीको मृत्यु भएको हो ।

नेपालगंजतर्फ जादै गरेको मोटरसाइकल नम्बर नखुलेको मोटरसाइकल र विपरित दिशावाट आउदै गरेको कर्णाली प्रदेश–०३–००१ प–०३७९ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा नम्बर नखुलेको मोटरसाइकल भेरी नदिमा खसेको हो ।

दुर्घटनामा नम्बर नखुलेको मोटरसाइल सडक देखि अंदाजी १०० मिटर तल भेरी नदिमा खस्दा केसीको मृत्यु भएको छ । मोटरसाइकल र मृतक केसीको शब नदि छेउमा फेला परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस