२०८१ जेष्ठ ९ गते बुधवार

मोटरसाइकलको ठक्करबाट बालक गम्भिर घाइते

दाङ, २६ बैशाख ।
तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भिर घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट तुलसीपुर-७ डाँडापातुका दिपक वलीका ११ वर्षिय छोरा लक्ष्मण गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बालकको आँखा र निधारमा चोट लागेको छ । बालकलाई बुधबार आज साँझ ६ बजेतिर राप्ती राजमार्ग अन्तरगत दाङ-सल्यान सडकखण्डको तुलसीपुर-७ डाँडापातुमा रा ८ प ३७६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

मोटरसाइकल चालक सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ का १८ वर्षिय गणेश चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस