२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा तीन छुट्टाछुटै दुर्घटनामा चार जना घाइते

दाङ, २६ बैशाख । दाङमा भएको तीन छुट्टाछुटै दुर्घटनामा चार जना घाइते भएका छन् । तुलसीपुर-राम्री सडकखण्डको तुलसीपुर-३ राम्रीमा जिपको ठक्करबाट तुलसीपुर-३ का ५९ वर्षिय शान्तबहादुर कठायत घाईते हुनुभएको छ ।

मंगलबार तुलसीपुरबाट राम्रीतर्फ जाँदै गरेको रा १ ज ४६१ नम्बरको जिपको सापट एक्कासी भाँचिन जाँदा सोहि जिपमा सवार यात्रुहरु जिपबाट ओर्लिएर हिड्ने क्रममा जिप व्याक हुँदा सोहि जिपले कठायतलाई ठक्कर दिएको हो । उहालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

यस्तै तुलसीपुर-१२ जसपुरस्थित नेपालगन्जबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ख २४८८ नम्बरको हाइस र विपरित दिशाबाट जाँदै गरेको रा ७ प ६३८९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा तुलसीपुर-११ का ४० वर्षिय पूणर् केसी घाइते हुनुभएको छ ।

उहाँको हात,खुट्टा र ढाडमा चोट लागेको छ । उहाँको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यस्तै तुलसीपुर-१८ को वडा कार्यालय नजिक तुलसीपुरबाट दुधरासतर्फ जादै रा ६ प ७६८९ नम्बरको मोटरसाइकल अचानक मोडिएपछि सोहि दिशातर्फ जाँदै गरेको रा १ प ८९९४ नम्बरको मोटरसाइकलसंग ठोक्किदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा रा ६ प ७६८९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर-६ का १८ वर्षिय मनोज थापा र रा १ प ८९९४ नम्बरका मोटरसाइकल चालक तुलसीपुर-१९ का २९ वर्षिय टोपेन्द्र वली घाइते हुनुभएको छ । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस