२०८१ जेष्ठ ९ गते बुधवार

अमेरिकामा बस्ने जनक खड्काको पहलमा क्यान्सर पिडित बोहरालाई ५० हजार बढी सहयोग

सल्यान, २५ बैशाख । अमेरिकामा बस्ने सल्यानका जनक खड्काको पहलमा ५० हजार बढी रकम सहयोग जुटेको छ । क्यान्सर पिडित कपुरकोट गाउँपालिका वडा नम्बर ६ का बेदबहादुर बोहराको सहयोगका लागि अमेरिकामा बस्ने नेपालीबाट ५० हजार २७४ रुपैँया रकम सहयोग जुटेको हो ।

जनक खड्काले मात्रै १३ हजार ४३३ रुपैँया सहयोग गर्नुभएको छ । क्यान्सर पिडित बोहराको जीवन बचाउनका लागि उहाँकै नेतृत्वमा अमेरिकामा सहयोग रकम जुटेको हो ।

कपुरकोट-६ सिनवाङ निवासी खड्का विभिन्न सामाजिक काममा सक्रिय रहनुभएको छ । कोरोना महामारीको समयमा पनि आफ्नै ठाउँ कपुरकोट र मानव सेवा आश्रममा व्यक्तिगतरुपमा सहयोग गर्नुभएका उहाँले पछिल्लो समय पनि विभिन्न सामाजिक काममा सक्रिय रहनुभएको छ ।

‘अमेरिकामा बसेपनि मन नेपालमा छ,अहिले बेद बहादुर बोहराको जीवन बचाउनका लागि हामी अमेरिकामै सहयोग रकम जुटाइरहेका छौँ ।’ उहाँले भन्नुभयो-‘अहिलेसम्म ५० हजार बढी रकम संकलन भएको छ, यदि कोहिले सहयोग गर्न चाहनुभएमा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।’

अभियानमा भगवान रावत र सन्तोष गिरीले ६ हजार ७ सय ८३/ ६ हजार ७८३, कबि बुढाले ६ हजार ६५०, संजय डिसीले ३ हजार ३२५, सुर्य रावत, नबिन बिसी, ओमप्रकाश वली र बालाराम मगरले २६६०/ २६६० , हरि रावतले १३३० र रमेश रावतले १३३० सहयोग गर्नुभएको छ ।

अमेरिकामा बस्नेत खड्कासहित ११ जनाले ५० हजार २७४ बराबरको सहयोग गरेको सामाजिक अगुवा बेदबहादुर वलीले बताउनुभयो । उहाँले नेपालमै विभिन्न ठाउँमा बस्ने सहयोगी मनहरुबाट पनि सहयोग रकम संकलन हुने क्रम जारी रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस