२०८१ मङ्सिर २३ गते आइतवार

अबको केहि दिन तापक्रम घट्ने अनुमान

दाङ,२१ बैशाख । लगातार तापक्रम बढ्दै गएको बेला पश्चिमी र स्थानीय बायुको प्रभावले देशका केहि ठाउँमा बादल लागेपछि शितल महशुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको एक हप्ता देशका धेरै ठाउँहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नभए पनि अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको छ ।

यस्तै हप्ताको मध्य तथा अन्त्यतिर केही ठाउँमा पानी पर्ने अनुमान पनि छ । महाशाखाका अनुसार आउँदो हप्ताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै ठाउँहरूमा वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस