२०८१ मङ्सिर २२ गते शनिवार

अवैधबाट भएर अमेरिका आएका तुलसीपुरका श्रवणको अवस्था चिन्ताजनक : अस्पतालले भन्यो अब बचाउन सकिदैन

अमेरिका, २० बैशाख । रोजगारीको शिलशिलामा अमेरिका पुगेका दाङका श्रवणकुमार सुबेदी अस्पतालको बेडमा हुनुहुन्छ । 

तुलसीपुर उपमहानरपालिका वडा नं. १६ उत्तर कुररीयाका ३९ वर्षिय सुबेदीको क्यान्सरका कारण अवस्था गम्भिर बनेको हो । दुई वर्ष पहिले अमेरिका आएका सुबेदी बिगत ४ महिनादेखि अस्पताल भर्नामा हुनुहुन्छ । 

अमेरिकाको न्युयोर्कमा बस्दै आएका सुवेदीलाई उपचारत अस्पतालले बचाउन नसक्ने घोषणा गरिसकेको राप्ति समाज न्युयोर्कका अध्यक्ष केशब बस्नेत जानकारी दिनुभएको छ । 

अवैध रुपमा अमेरिका प्रवेश गरेका सुवेदीलाई न्युयोर्क आएको केही समयपछि नै घाँटी र टाउकोमा क्यान्सर भएको पुष्टि भएको थियो ।

अन्तिम चरणमा रहेको क्यान्सरका कारण उपचारमा कठीनाई भएको अस्पताल श्रोतले बताएको बस्नेतले जानकारी दिनुभयो । लामो समय न्युयोर्क क्विन्समा रहेको एल्महस्र्ट अस्पतालको उपचारपछि थप उपचारका लागि क्वीन्समै रहेको जमैका अस्पतालमा लगिएको थियो । 

अहिले जमैका अस्पतालमा आईसियुमा कृतिम स्वास दिएर राखिएको छ । सुबेदीको उपचार संभव नभएको अस्पताल श्रोतले बताएपछि नेपालबाट  आफन्तीलाई अमेरीका ल्याउनका लागि राप्ती समाजले पहल गरेको अध्यक्ष केशब बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अवस्थामा भएपनि अफन्तिले भेट्न पाउन् भन्ने उद्देश्यले प्रयास गरिएको बस्नेतले बताउनुभयो । भ्यान्टिलेटरमा राख्दासम्म मात्र सुबेदी जिवित रहने भएकाले आफन्ति ल्याउने संबन्धमा प्रकृया जति सक्यो छिट्यो गरिने उहाँले बताउनुभयो । 

सहयोग जुटाउदै राप्ति समाज
श्रवण कुमार सुबेदीको परिवारको सहयोगार्थ यतिवेला राप्ती समाज न्युयोर्कको पहलमा गो फण्ड मी संचालन गरिएको छ । समाजका उपाध्यक्ष दिपककुमार भट्राईका अनुसार अमेरीकामा रहेका नेपालीहरुबाट सहयोग संकलन गर्न लागिएको हो । 

राप्ति समाज न्युयोर्कको पहलमा राप्ति समाजकै नामबाट १५ हजार डलरको लक्ष्य लिएर सहयोग संकलन गर्न थालिएको हो । यो समाचार तयार पार्दा सम्म ६८ जना बाट ४ हजार बढी डलर सहयोग संकलन भईसकेको छ । 

पिडामा रहेको परिवारका लागि सहयोग गरीदिन भट्राईले सबैमा अपिल गर्नुभएको छ । सहयोग गर्न चाहानेका लागी गो फण्ड मीको लिंक https://www.gofundme.com/f/sharban-kumar-subedi?utm_campaign=p_cp+share-sheet&utm_content=www.khasokhas.com&utm_medium=referral&utm_source=widget  रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस