२०८१ मङ्सिर २२ गते शनिवार

क्रान्तिकारी ट्रेड युनियन महासंघले मनायो मजदुर दिवस


दाङ, १९ बैशाख । दाङको घोराहीमा अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघ दाङ शाखाले बुधबार १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक नरेन्द्रबहादुर बञ्जाडेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङका सचिवालय सदस्य उदयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङका संयोजक तिलक बिक , देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेश प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष ईश्वरी प्रसाद गैरे , सहिद बेपत्ता परिवारका तर्फबाट सुन्दर कुमार चौधरी , अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयोजक गोपाल बैद्य , अखिल नेपाल राष्ट्रिय व्यापार उद्योग महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक बिष्णु प्रसाद रिजाल लगाएतका बक्ताहरुले शुभकामना मन्तब्य दिनुभएको हो ।

बक्ताहरुले मजदुर दिवशको इतिहास तथा वर्तमान राज्य व्यवस्थाले मजदुर वर्गका हितमा नरहेको , राज्यले मालिक र मजदुरहरुको बिचमा ठुलो खाडल पारेको मजदुर र मालिकको बिचमा ठुलो खाडल परेको , नेपाली मजदुरहरुलाई जीवनयापनका लागि प्रयाप्त जीवन धान्नपुग्ने मासिक तथा दैनिक निर्बाह गर्न नपुग्ने रहेको बताएका छन् ।

उनीहरुले यो सामन्ती राज्य व्यवस्थाले विभेद गरेको हुँदा यो राज्य व्यवस्था अन्त्य गरेर नयाँ राज्य व्यवस्था स्थापना नहँुदासम्म मजदुरहरुको समस्या समाधान नहुने भएकोले आम मजदुरहरु राज्य व्यवस्था गर्न अगाडि बढनपर्ने बताएका छन् ।

हुतराज घर्तीको अध्यक्षता भएको कार्यक्रम सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङका सचिवालय सदस्य मन बहादुर केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस