२०८१ जेष्ठ ९ गते बुधवार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

दाङ, १९ बैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निणर्य गरेको थियो ।

त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व श्रमिक दिवस मनाइँदैछ । श्रमिकको ८ घण्टा आराम र ८ घण्टा काम, अधिकारलगायतका बारेमा श्रमिक दिवसमा बहस हुने गर्छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूणर् नेपाली श्रमजीवीहरूमा शुभकामना दिनुभएको छ ।

मुलुकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस