
दाङ, १५ बैशाख । आज लुम्बिनीसहित चार प्रदेशका केहि ठाउँमा हावाहुरीको संभावना छ । लुम्बिनीसहित गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी क्षेत्रका केहि ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा तथा उच्च पहाडी र हिमाली एक-दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । बाँकी अरु ठाउँमा मौसम सफा नै रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार