२०८१ फाल्गुन ७ गते बुधवार

आज तराईका यि क्षेत्रमा हुरीबतास चल्न सक्ने

दाङ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबतास चल्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा बेलुकापख हावाहुरीको जोखिम छ । अहिले सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम सामान्य बदली छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा मौसम आंशिक बदली रहेको र अरु बाँकी ठाउँमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदलीको सम्भावना छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस