२०८१ फाल्गुन ७ गते बुधवार

घोराही-तुलसीपुर सडक निर्माणका लागि ठेक्काको टेण्डर छिट्टै हुन्छ : शर्मा

दाङ, ४ बैशाख । घोराही-तुलसीपुर सडक फोरलेन स्तरोन्नतीका लागि छिट्टै टेण्डर प्रक्रियामा जाने सरकारले दावि गरेको छ ।सुचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि अलपत्र सडककोबारेमा सरकार गम्भिर रहेको भन्दै छिट्टै टेण्डर प्रक्रियामा जाने दावि गर्नुभयो ।

भारतीय एक्जिम बैंकको सहयोग लिने वा नलिने छलफल भइरहेकाले केहि ढिलाई भइरहेको मन्त्री शर्माको भनाई छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले सोमबार दाङको घोराहीमा गरेको मिडिया बहस कार्यक्रममा मन्त्री शर्माले एक्जिम बैंकले ढिलाई गर्ने हो भने नेपाल सरकारले प्रत्येक वर्ष १० करोडका दरले बजेट छुट्याएर भएपनि फोरलेनले पूणर्ता पाउने बताउनुभयो ।

‘अहिले एक्जिम बैंकसंग छलफल भइरहेको छ ।’ उहाँले भन्नुभयो-‘अलि धेरै शर्त तेर्सिन थालेपनि सहयोग नलिन पनि सकिन्छ, सरकार आफैले हरेक वर्ष १० करोडका दरले बजेट बिनियोजन गरेर भएपनि काम हुन्छ ।’

मन्त्री शर्माले यो सडकका विषयमा राजनीतिक प्रतिशोध साँध्न वा अन्य कुनै पनि किसिमले अनावश्यक टिकाटिप्पणी नगर्न समेत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस