२०८१ जेष्ठ ९ गते बुधवार

नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा दाङका रावत चयन

दाङ ,२७ चैत। प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा दाङका विजय रावत चयन भएका छन् ।

चैत १७ गते काठमाडौमा सम्पन्न संघको ४९ औं वार्षिक साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका थिए । सोमबार बसेको महर्जन नेतृत्वको नयाँ कार्यसमिति बैठकले रावतलाई पश्चिमाञ्चल सभापतिमा चयन गरेको हो।

युवा व्यवसायी रावतले करिव २० करोडको लगानीमा दाङको नारायणपुरमा भिएफएक्स सिनेमाज सञ्चालनमा ल्याएका छन् । गत असोज महिनाबाट सञ्चालनमा आएको सिनेमा हल दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल हो।


यस्तै संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षता बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्यहरुको कार्य विभाजनसमेत गरेको छ।

जस्अनुसार :-
अध्यक्ष-नरेन्द्र महर्जन
प्र.उपाध्यक्ष-गोपालकाजी कायस्थ
द्वि.उपाध्यक्ष-कपिलप्रसाद द्वा
तृ. उपाध्यक्ष- ओम प्रकाश जैसी
महासचिव-सुरेन्द्र कु. थापा
उपमहासचिव- दिप्रश शाक्य
कोषाध्यक्ष- प्रज्वल शमसेर राणा र
कार्यसमिति सदस्यहरुमा देवेन्द्र खड्गी,राजकुमार श्रेष्ठ,गोबिन्द शाही ,छविराज ओझा,निरज गुप्ता ,करण श्रेष्ठ,आशिष् तामाङ्ग,मिजास पोखरेल ,महेन्द्र नारायण श्रेष्ठ ।


२०१३ सालमा स्थापना भएको चलचित्र संघ फिल्म क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस