२०८१ चैत्र ८ गते शुक्रवार

दाङ -सल्यान सडक आजदेखि दैनिक ७ घण्टा बन्द हुने


दाङ, २६ चैत । दाङ सल्यान सडकखण्ड आजदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत राम्री देखि कपुरकोटसम्मको सडक स्तरोन्नती कार्यको लागि आजदेखि दैनिक सात घण्टा सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गदै आजदेखि बैशाख १६ गते सम्म दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजेसम्म र राति ९ बजेदेखि राती १२ बजेसम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

साथै वैकल्पीक बाटोको रुपमा साना सवारी साधनको लागि पैयाँखोरे सातवास-किमुचौर हुँदै कपुरकोटको बाटो प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस