२०८१ फाल्गुन ३ गते शनिवार

दाङ दुर्घटना अपडेट : बस चालकसहित दुई जनाको अवस्था गम्भिर

दाङ, २१ चैत । दाङमा दुई वटा बस एक आपसमा ठोक्किदा २२ जना घाईते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको वडा प्रहरी कार्यालय लमही प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका–२ का लक्ष्मण थारु र राप्ती गाउँपालिका वडा नम्बर २ लालमटीयाका ७८ वर्षिय चन्द्र कमला थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते दुवै जनालाई लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँमा दुई वटा बस ठोक्किएको हो ।

तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस र बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३३६ नम्बर बस बुधबार बिहान पौने १२ बजेतिर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घटनामा परी दुवै बसका २२ जना घाईते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते दुई जनासहित ७ जनालाई जिल्ला बाहिर पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस