२०८१ मङ्सिर २३ गते आइतवार

नयाँ पाइलामा योग तथा ध्यान प्रशिक्षण कार्यक्रम


तुलसीपुर, २० चैत । तुलसीपुर-१९ बिजौरीमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रमा साप्ताहिक योग तथा ध्यान प्रशिक्षण कार्यक्रम गरिएको छ ।

लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुको लागि द आर्ट अफ लिभिङद्वारा साप्ताहिक योग तथा ध्यान प्रशिक्षण कार्यक्रम गरिएको प्रमुख नयाँ पाईला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले जानकारी दिनुभयो ।

लागूपदार्थ दुव्र्यसनीमा फसेका युवालाई परिवर्तन गरि सकारात्मक बाटो देखाउन यस्ता खालको योग गतिविधिले उर्जा थप्ने प्रशिक्षक बोधराज चौधरीले बताउनुभयो । उहाँले दैनिक योगले मानिस स्वस्थ हुने र शरिरमा एक प्रकारको फुर्ति आउने बताउनुभयो ।

यस्तै अर्का प्रशिक्षक निष्ठा न्यौपानेले समाजमा समस्याका रुपमा रहेको लागु औषधले युवाहरुलाई दुव्र्यसनी बनाएको बताउनुभयो । यिनै दुव्र्यसनमा फसि उपचार गराइरहेका युवालाई योग र ध्यानले सकारात्मक बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

त्यस अवसरमा कार्यालयका प्रमुख हिरा आचार्यले प्रशिक्षक द्वय चौधरी र न्यौपानेलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस